Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल युद्ध

इरानले अमेरिकी सैन्य अड्डामा हानेका १९ क्षेप्यास्त्र मध्ये १८ रोकियो, एउटा खालि ठाउमा खस्यो-कतार

इरानले अमेरिकी सैन्य अड्डामा हानेका १९ क्षेप्यास्त्र मध्ये १८ रोकियो, एउटा खालि ठाउमा खस्यो-कतार

images
  • इरानले अमेरिकी सैन्य अड्डामा हानेका १९ क्षेप्यास्त्र मध्ये १८ रोकियो, एउटा खालि ठाउमा खस्यो-कतार
    images
    images

    काठमाडौँ । इरानले अमेरिकी सैन्य अड्डामा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

    images
    images
    images

    कतारले इरानले अमेरिकी दोहा एयरबेसमा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १८ वटालाई रोकिएको र एक क्षेप्यास्त्र खाली स्थानमा खसेको बताएको छ । तर यसले कुनै क्षति नपुर्‍याएको कतारले स्पष्ट गरेको छ ।

    images
    images
    images

    यसअघि मिडिया रिपोर्टहरूले इरानले १० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले १४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १३ वटालाई रोकिएको बताएका थिए ।

    images
    images
    images

    इरानले आफ्ना तीन परमाणु केन्द्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी सैन्य आधार सिविरमा आक्रमण गरेको बताएको छ ।  

    यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको छन् । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार कतारको कुटनीतिक प्रयासमा दुवै देश युद्धविरामका लागि सहमत भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।