Logo

२०८३, आश्विन १०गते


images
images

इरान–इजरायल युद्ध प्रभाव

भारतले अपरेशन सिन्धु अन्तर्गत इरानबाट गर्यो एक हजारभन्दा बढीको उद्धार

भारतले अपरेशन सिन्धु अन्तर्गत इरानबाट गर्यो एक हजारभन्दा बढीको उद्धार

images
  • भारतले अपरेशन सिन्धु अन्तर्गत इरानबाट गर्यो एक हजारभन्दा बढीको उद्धार
    images
    images

    काठमाडौँ । इरान-इजरायल द्वन्द्वको बीचमा भारतले अपरेशन सिन्धु अन्तर्गत अहिलेसम्म एक हजर ११७ भारतीयहरूको उद्धार गरेको छ ।

    images
    images
    images

    भारतले इरानको मशहदबाट अर्को विमान गएराती २९० भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली पुगेको थियो । यसअघि ३१० नागरिकहरूको समूह शनिवार दिउँसो दिल्ली आइपुगेक थिए ।

    images
    images
    images

    अर्कोतर्फ, जुन २० मा राति दुई समूहमा ४०७ भारतीयहरू फर्किएका थिए । जुन १९ मा, ११० विद्यार्थीहरू आर्मेनिया र दोहा हुँदै भारत ल्याइएको थियो । 

    images
    images
    images

    इरानले हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाएर भारतका लगभग एक हजार नागरिकलाई उद्धार गर्न अनुमति दिएको थियो । तीमध्ये धेरैजसो विद्यार्थीहरू छन्, जसलाई तेहरानबाट मशहद ल्याइएको थियो । त्यसपछि उनीहरूलाई तीनवटा चार्टर उडानहरू मार्फत भारत ल्याइएको थियो । यी उडानहरू इरानी एयरलाइन्स महानद्वारा सञ्चालित थिए ।

    यी उडानहरू भारत सरकारले अपरेशन सिन्धु अन्तर्गत व्यवस्थित गरेको विदेश मन्त्रालयले जनाएको छ । इरानस्थित भारतीय दूतावासले आवश्यक परेमा आगामी दिनहरूमा थप उडानहरू सञ्चालन गर्न सकिने बताएको छ । साथै दुताबासले नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारमा सहयोग गर्ने जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।