काठमाडौँ । भारतको उत्तर प्रदेशको मथुरामा घर भत्किदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीय पुरुष, छ वर्षीय र चार वर्षीय दुई बालिका रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । घर भत्किनुको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
भारतीय मिडियाहरुले घरको भग्नावशेषमुनि आठ देखि दश जना फसेको आशंका गरिएको उल्लेख गरेका छन् । राहत र उद्धार कार्यको लागि एनडीआरएफ र एसडीआरएफ टोली खटाइएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology