Logo

२०८३, आश्विन १२गते


images
images

विमान दुर्घटना अपडेट

इन्टर्न डाक्टर बस्ने होस्टलमा ठोक्किएको थियो विमान, धेरै हताहत भएको आशंका

इन्टर्न डाक्टर बस्ने होस्टलमा ठोक्किएको थियो विमान, धेरै हताहत भएको आशंका

images
  • इन्टर्न डाक्टर बस्ने होस्टलमा ठोक्किएको थियो विमान, धेरै हताहत भएको आशंका
    images
    images

    काठमाडौँ । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबाद सिभिल अस्पतालका इन्टर्न डाक्टरहरू बस्ने घरमा ठोक्किएको पाइएको छ ।

    images
    images
    images

    इन्टर्न डाक्टरहरूको होस्टेलमा विमान ठोक्किएकोले त्यहाँ बस्ने डाक्टरहरु पनि हताहत भएको हुनसक्ने आशंका गरिएको छ । भारतीय मिडियाहरुले सो होस्टेलमा ५० देखि ६० इन्टर्न डाक्टरहरू रहेको दाबी गरेका छन् । उनीहरुको अवस्था बारे स्पष्ट जानकारी आएको छैन ।

    images
    images
    images

    विमानमा लागेको आगोको धुवाँले होस्टेलको भवन पूर्ण रूपमा कालो भएको छ र जताततै भग्नावशेष मात्र रहेको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिवार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।  

    विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।