Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

लस एन्जलसमा कर्फ्यू, सामूहिक गिरफ्तारी सुरु

लस एन्जलसमा कर्फ्यू, सामूहिक गिरफ्तारी सुरु

images
  • लस एन्जलसमा कर्फ्यू, सामूहिक गिरफ्तारी सुरु
    images
    images

    काठमाडौँ । अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामाथि भएको विरोध प्रदर्शन र हिंसापछि पक्राउ सुरु भएको छ ।

    images
    images
    images

    लस एन्जलसमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ र कर्फ्यू उल्लङ्घन गर्ने दर्जनौं मानिसहरूलाई पक्राउ गरिएको छ । यद्यपि, सडकमा अमेरिकी मरीन वा राष्ट्रिय गार्ड सिपाहीहरूको उपस्थिति नदेखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    लस एन्जलस प्रहरी विभागले लस एन्जलसका केही भागहरूमा कर्फ्यू लगाइएको बताएको छ । लस एन्जलस प्रहरी विभागले अहिले सामूहिक गिरफ्तारी सुरु भइरहेको जानकारी दिएको छ । लस एन्जलसका मेयर करेन बासले आप्रवासन छापा विरुद्धको विरोध प्रदर्शनको क्रममा लुटपाट र हिंसासँग जुध्न आंशिक कर्फ्यू लगाएकी छिन् ।

    images
    images
    images

    आप्रवासन छापा मार्ने विरुद्ध सुरु भएको विरोध प्रदर्शन अमेरिकाका कम्तिमा नौ अन्य शहरहरूमा फैलिएको छ ।

    लस एन्जलसमा अप्रवासीको खोजीमा व्यापक छापामारी शुरु भएपछि हिंसात्मक प्रदर्शन जारी रहेको छ । केन्द्र सरकारले राज्य सरकारको अनुमति बिना हिंसात्मक प्रदर्शन रोक्न ४ हजार नेशनल गार्ड र सात सय मरीन कमाण्डो तैनाथ गरेको छ  ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लस एन्जलस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।