Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

थनबर्गसहितको जहाज नियन्त्रणमा लिनु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध- टर्की

थनबर्गसहितको जहाज नियन्त्रणमा लिनु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध- टर्की

images
  • थनबर्गसहितको जहाज नियन्त्रणमा लिनु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध- टर्की
    images
    images

    काठमाडौँ । टर्कीले इजरायलले स्वीडिश वातावरणीय कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई नियन्त्रणमा लिएको विषय अन्तर्राष्ट्रिय कानूनको विरुद्ध भएको बताएको छ ।

    images
    images
    images

    टर्कीको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायली सेनाले गाजा जाने जहाजलाई रोक्ने कार्यलाई अन्तर्राष्ट्रिय कानूनको विरुद्ध भएको टिप्पणी गरेको हो ।

    images
    images
    images

    टर्कीले भनेको छ- 'इजरायली सेनाले गाजामा सहायता पुर्‍याउन लागेको 'मेडलाइन' नामक जहाजलाई रोकेको छ र त्यसमा हाम्रा नागरिकहरू पनि सवार छन् । यो जहाज त्यतिबेला अन्तर्राष्ट्रिय पानीमा रहेको । यो कार्य अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको छ । नेतन्याहू सरकारको यो कडा कदमले समुद्री सुरक्षा र नेभिगेसनको स्वतन्त्रतालाई खतरामा पार्छ र इजरायल आतंक फैलाउने देश बनेको देखाउँछ ।'

    images
    images
    images

    टर्कीको विदेश मन्त्रालयले इजरायलको यी गलत र गैरकानूनी कार्यहरूले मानवता र न्यायको लागि लड्नेहरूको आवाजलाई दबाउन नसक्ने बताएको छ ।

    इजरायली सेनाले सोमबार गाजा पट्टीमा मानवीय सहायता बोकेको संगठन फ्रिडम फ्लोटिला गठबन्धनको जहाजलाई नियन्त्रणमा लिएको थियो । यस जाहाजमा वातावरणीय अभियन्ता ग्रेटा थनबर्गअहित १२ जना रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जहाज नियन्त्रण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।