Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएल

रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो पहिलो पटक आइपिएलको उपाधि

रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो पहिलो पटक आइपिएलको उपाधि

images
  • रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो पहिलो पटक आइपिएलको उपाधि
    images
    images

    काठमाडौँ । आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो ।  रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि जितेको छ ।

    images
    images
    images

    रोयल च्यालेन्जर्सले दिएको १९१ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो । पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ६१ रन बनाए भने जोश इंगलिसले ३९, प्रभसिमरन सिंहले २६ प्रियंस आर्याले २४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै रोयल च्यालेन्जर्सका बलरभुवनेश्वर कुमार र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ४३ रन बनाए भने कप्तान रजत पाटीदारले २६, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाएका थिए ।

    त्यस्तै अर्शदीप सिंह र काइल जामिएसनले ३-३ विकेट लिएका थिए भने अज्मतुल्लाह ओमरजाई, विजयकुमार व्याशक र युजवेन्द्र चहलले एक एक विकेट लिएका छन् ।

    रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेलेको थियो ।  यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो  । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेलेको थियो । यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको  थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।