Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएल

आइपिएल फाइनल भोलि, यी हुन् अहिलेसम्मका विजेता टिम

आइपिएल फाइनल भोलि, यी हुन् अहिलेसम्मका विजेता टिम

images
  • आइपिएल फाइनल भोलि,  यी हुन् अहिलेसम्मका विजेता टिम
    images
    images

    काठमाडौँ । यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल भोलि हुदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल मंगलबार राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ ।  यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलुरुलाई यस पटक पहिलो उपाधि जित्ने अवसर रहेको छ । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेल्दैछ ।  यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको  थियो ।   

    images
    images
    images

    २००८ मा सुरु भएको आइपिएल विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिताको रुपमा स्थापित भएको छ । आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।

    images
    images
    images

    त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।

    त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् । त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैन्ग्लुरु (आरसीबी) ले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।