Logo

२०८३, श्रावण २७गते


images
images

प्राप्त उपलब्धिहरुको रक्षा गर्न काँग्रेस दृढ छ : सभापति देउवा

प्राप्त उपलब्धिहरुको रक्षा गर्न काँग्रेस दृढ छ : सभापति देउवा

images
  • प्राप्त उपलब्धिहरुको रक्षा गर्न काँग्रेस दृढ छ : सभापति देउवा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताएका छन् । 

    images
    images
    images

    केन्द्रिय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बुधवार बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    देउवाले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको उल्लेख गरे । उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन आफूहरुले चाहेको बताए ।

    images
    images
    images

    आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरुलाई राष्ट्रिय पहिचान दिने कार्यहरुको शुरुवात नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको देउवाको भनाई छ । 

    आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न काँग्रेस प्रतिवद्ध रहेको बताउनु भयो । संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप श्रोत साधन सम्पन्न गराउन काँग्रेस सचेत रहेको समेत बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।