Logo

२०८३, श्रावण २७गते


images
images

सरकार ‘सरकार जसरी’ चलेको छैनः काँग्रेस सांसद गौतम

सरकार ‘सरकार जसरी’ चलेको छैनः काँग्रेस सांसद गौतम

images
  • सरकार ‘सरकार जसरी’ चलेको छैनः काँग्रेस सांसद गौतम
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले काँग्रेस र एमालेको संयुक्त सरकार गठन भएपनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको टिप्पणी गरे ।

    images
    images
    images

    उनले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाउँदै वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताए । वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको उनको आरोप छ । सांसद गौतमले राष्ट्रिय सहमति निर्माणको आवश्यकता औंल्याउँदै शीर्ष नेताहरुले टाउको जोड्नुपर्ने बेला आएको बताए । 

    images
    images
    images

    उनले भने, ‘सरकार हाम्रो छ, काँग्रेस र एमाले मिलेर सरकार बनाएको छ । तर सरकार सरकार जसरी चलिरहेको अनुभुति गरिरहेको छैन म । संसद पनि जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन । न्यायपालिकातिर पनि जनताको आशा, भरोसा पैदा नभएको जस्तो लाग्छ । जनता निराश छन् सभामुख महोदय । हामीले जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं ।’

    images
    images
    images

    राष्ट्रिय सहमति निर्माण गरेर मात्र मुलुकलाई गन्तव्यमा पुगाउन सकिने उनको भनाइ छ । उनले राष्ट्रिय सहमतिमा अगाडी बढ्न अझै ढिला गरे व्यवस्था, संघीयता र सरकारको औचित्य सकिने टिप्पणी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस सांसद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।