Logo

२०८३, आश्विन ९गते


images
images

चलचित्र ‘के घर के डेरा : घर नं २’ को प्रिमियर शो

चलचित्र ‘के घर के डेरा : घर नं २’ को प्रिमियर शो

images
  • चलचित्र ‘के घर के डेरा : घर नं २’ को  प्रिमियर शो
    images
    images

    काठमाडौं  । चलचित्र ‘के घर के डेरा : घर नं २’ दर्शकले मन पराएका छन्। शनिवार साँझ सिनेमा हेरेर निस्किएका दर्शक र कलाकारले चलचित्रबारे धारणा राखे। ‘के घर के डेरा : घर नं २’ ले जीवन जिउने तरिका सिकाएको दर्शकले बताए। जीवनसँग मेल खाने कथावस्तु सिनेमाको प्रमुख पक्ष भएको उनीहरूको भनाइ छ।

    images
    images
    images

    चलचित्र हेरेपछि सिने पत्रकारसँग कुरा गर्दै अभिनेत्री केकी अधिकारीले सबैको जीवनसँग मेल खाने कथावस्तु निर्माण गरिएको बताइन्। उनले आफूलाई कुनै न कुनै कथा र पात्रसँग सम्बन्धित पाएको उल्लेख गरिन्। अभिनेता खगेन्द्र लामिछानेले पनि चलचित्रमा देखाइएको कथावस्तु जीवनसँग सम्बन्धित रहेको धारणा राखे। उनले पात्रको अभिनय गर्दा पहिलेदेखि काम गरेको जस्तो अनुभव भएको बताए।

    images
    images
    images

    चलचित्रको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र प्रदर्शन गराएको थियो। सिनेमा हेर्ने अधिकांश दर्शकले चलचित्रको तारिफ गरेका थिए।

    images
    images
    images

    ‘के घर के डेरा : घर नं २’ मल्टी स्टार कास्टसहित शुक्रबारदेखि प्रदर्शनमा आएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रलाई उच्च शो र अपेक्षासहित हलमा ल्याइएको हो। चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, उपासना सिंह ठकुरी, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतको अभिनय रहेको छ।

    चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो। सिनेमामा कृष्णबहादुर थापाको छायांकन रहेको छ। कार्यकारी निर्माता युवराज कार्की हुन्। निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।