Logo

२०८३, आश्विन १०गते


images
images

कपिलवस्तुमा झाडापखाला : ६ जनाको मृत्यु

कपिलवस्तुमा झाडापखाला : ६ जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • कपिलवस्तुमा झाडापखाला :  ६ जनाको मृत्यु
    images
    images

    कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका ५ वडामा फैलिएको झाडापखाला तथा वान्ताको प्रकोपका कारण हालसम्म ६ जनाको ज्यान गएको छ।

    images
    images
    images

    नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ को दुई दर्जन गाउँमा झाडापखाला तथा वान्ताका बिरामी देखा परिरहेका छन् । जसमा ७५८ जना शिवराज अस्पताल बहादुरगंज उपचार गराउन पुगेका थिए । 

    images
    images
    images

     अहिलेसम्म झाडापखाला तथा वान्ताको प्रकोपमा परि ६ जनाको मृत्यु भएपनि जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भने अहिलेसम्म झाडापखालाबाट ३ जनाको मृत्यु भएको उल्लेख गरेकाे छ ।

    images
    images
    images

    मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ८ बहादुरगंजका ४० वर्षीय पुरुष, कृष्णनगर नगरपालिका ९ बहादुरगंजका ६ वर्षीय बालक, शिवराज नगरपालिका ८ कोपवाकी ८ बर्ष बालिका,कृष्णनगर नगरपालिका ७ सुखरामपुरका २७ दिनको बच्चा र कृष्णनगर नगरपालिका ८ बहादुरगंजको एक जना महिलाको पेटमा रहेको बच्चा र कृष्ण नगर ८ बहादुरगंजका ४ वर्षका बालकको मृत्यु भएको हो । झाडापखालाका बिरामीहरु शिबराज नगरपालिका तीन वटा वडामा समेत देखिन थालेका छन् ।

    यस अघि कृष्णनगर नगरपालिकामा मात्र बिरामी देखिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।