Logo

२०८३, आश्विन ११गते


images
images

संस्कृति

मोहिनी एकादशी: 'पाप र दुःखबाट मुक्ति दिलाउने विशेष दिन'

मोहिनी एकादशी: 'पाप र दुःखबाट मुक्ति दिलाउने विशेष दिन'

images
  • मोहिनी एकादशी: 'पाप र दुःखबाट मुक्ति दिलाउने विशेष दिन'
    images
    images

    काठमाडौं । वैशाख शुक्ल एकादशीको दिन मोहिनी एकादशीको व्रत गरिन्छ। पाप र दुःखबाट मुक्ति पाउनका लागि विशेष मानिने यस एकादशीको महत्त्व हिन्दू धर्मग्रन्थहरूमा प्रस्ट रूपमा उल्लेख गरिएको छ।

    images
    images
    images

    धर्मशास्त्रविद्का अनुसार, मोहिनी एकादशीको महिमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएका थिए। धार्मिक ग्रन्थहरूमा यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने उल्लेख छ।

    images
    images
    images

    त्रेतायुगमा 'भगवान् रामचन्द्र'ले पनि यस एकादशीको महत्वबारे गुरु वशिष्ठसँग जिज्ञासा राखेका थिए। सीता वियोगको पीडाबाट मुक्त हुन रामचन्द्रले मोहिनी एकादशीको व्रतका विषयमा सोधेका थिए। वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नगरका राजाका कान्छा छोरासम्बन्धी कथा सुनाएर यस व्रतको महिमा स्पष्ट पारेको उल्लेख रामायणलगायत ग्रन्थहरूमा छ।

    images
    images
    images

    शास्त्रीय मान्यताअनुसार, मोहिनी एकादशीको व्रत गरेमा पापमुक्त भइने र दुःखकष्टहरूबाट छुटकारा पाइने विश्वास छ। धार्मिक र आध्यात्मिक महत्वका कारण हिन्दू धर्मावलम्बीहरूले विशेष गरी यस दिन व्रत, पूजा, तथा धार्मिक अनुष्ठान गर्ने प्रचलन रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोहिनी एकादशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।