Logo

२०८३, आश्विन १२गते


images
images

भारत-पाकिस्तान तनाव

‘अपरेशन सिन्दूर’ : रातभर जाग्राम बसे मोदी, आक्रमण सफल भएको दाबी

‘अपरेशन सिन्दूर’ : रातभर जाग्राम बसे मोदी, आक्रमण सफल भएको दाबी

images
  • ‘अपरेशन सिन्दूर’ : रातभर जाग्राम बसे मोदी, आक्रमण सफल भएको दाबी
    images
    images

    काठमाडौं । भारतले सोमबार राति पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मु–कश्मीरमा ‘आतंकवादी शिविर’ लक्षित गर्दै सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ मा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं रातभर जाग्राम बसेर निगरानीमा बसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    images
    images
    images

    भारतीय समाचार संस्था एएनआईका अनुसार, प्रधानमन्त्री मोदीले आक्रमणको सम्पूर्ण प्रक्रिया प्रत्यक्ष अवलोकन गरेका थिए र ९ वटा लक्षित स्थानमा आक्रमण ‘सफल’ भएको प्रतिक्रिया दिएका छन्।

    images
    images
    images

    भारतीय सेनाले जैश ए मोहम्मद र लश्कर–ए–तैयबा जस्ता समूहका शीर्ष नेताहरू रहेको भनिएका स्थानहरूमा लक्षित हवाई कारबाही गरेको हो। भारतीय पक्षले ती स्थानहरूमा ‘आतंकवादी गतिविधि’ सञ्चालन भइरहेको दाबी गरेको छ।

    images
    images
    images

    ‘अपरेशन सिन्दूर’ का कारण भारतको उत्तर क्षेत्रको हवाई यातायात प्रभावित भएको छ। इंडिगो एयरलाइन्स का अनुसार, श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेर क्षेत्रबाट हुने उडानहरू प्रभावित भएका छन्। हवाई मार्गमा अचानक आएको परिवर्तनले विमानहरू डिले र डाइभर्ट गर्नुपरेको एयरलाइन्सको भनाइ छ।

    यस कारबाहीको कोडनेम 'अपरेशन सिन्दूर' राखिएको जानकारी भारतको विदेश मन्त्रालयले दिएको छ। मन्त्रालयले यसबारे अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुस जस्ता मुलुकलाई पनि औपचारिक जानकारी गराएको दाबी गरेको छ।

    यसअघि पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएपछि भारतभित्र चर्किएको आक्रोश र राजनीतिक दबाबका बीच सुरु गरिएको ‘अपरेशन सिन्दूर’ अब कूटनीतिक र सुरक्षात्मक दुवै आयाममा बहसको केन्द्रमा पुगेको छ।

    यस घटनाक्रमले भारत–पाकिस्तान सम्बन्धमा पुनः तनाव सिर्जना गरेको छ भने दक्षिण एशियाली क्षेत्रको स्थायित्वमा थप चुनौती थपिएको देखिन्छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।