Logo

२०८३, आश्विन ११गते


images
images

२५६९ औँ बुद्ध जयन्ति

बुद्धको अस्तुधातु प्रदर्शनसहित देवदहमा तीन दिनसम्म बद्ध जयन्ति मनाइने

बुद्धको अस्तुधातु प्रदर्शनसहित देवदहमा तीन दिनसम्म बद्ध जयन्ति मनाइने

images
  • बुद्धको अस्तुधातु प्रदर्शनसहित देवदहमा तीन दिनसम्म बद्ध जयन्ति मनाइने
    images
    images

    देवदह । २५६९ औँ बुद्ध जयन्ति तथा लुम्बिनी दिवसलाई लक्षित गर्दै लुम्बिनी, देवदह, तिलौराकोट र रामग्राम क्षेत्रमा विशेष कार्यक्रम आयोजना हुने भएका छन् । दीपावलीसहित बौद्ध धर्मका अनुयायी मात्र नभई सबै नागरिकले अनुभूति गर्ने गरी कार्यक्रमको तयारी भएको लुम्बिनी विकास कोषले जनाइएको छ ।

    images
    images
    images

    लुम्बिनीमा हरेक वर्ष प्रधानमन्त्रीको उपस्थितिमा बुद्ध जयन्ति विशेष कार्यक्रम हुँदै आएकोमा केही वर्षदेखि देवदह, तिलौराकोट र रामग्राममा पनि बुद्ध जयन्ति मनाइदै आएको छ । लुम्बिनी विकास कोषको सहयोगमा स्थानीय पालिका र संघसंस्थाहरुले कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

    images
    images
    images

    यसैक्रममा २५६९ औँ बुद्ध जयन्ति आयोजना गर्न लुम्बिनी विकास कोषले रामग्राम-देवदह समन्वय उपसमिति गठन गरेको छ ।  कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित समितिको आइतबार देवदहमा बसेको बैठकले रामग्राम-देवदहका कार्यक्रम ठोस गरेको लुम्बिनी विकास कोषको देवदह सम्पर्क कार्यालयका प्रमुख दामोदर सापकोटाले जानकारी दिए । 

    images
    images
    images

    प्रमुख सापकोटाका अनुसार देवदहमा बैशाख २५ गते बृहत सरसफाइ र बुद्धिस्ट साइटको सजावट गरिनेछ । २६ गते थाई भिक्षुहरुको उपस्थितिमा भवानीपुर र कन्यामाईमा दीप प्रज्ज्वलन गरिने छ । २७ गते स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने २९ गते बिहान अस्तीधातु प्रदर्शनसँगै मूल समारोह हुनेछ । 

    २९ गते साँझको समयमा बुद्धिस्ट क्षेत्रमा शान्तिदिप प्रज्ज्वलन गरिने कार्यक्रम पनि तय भएको जनाइएको छ । 

    त्यसैगरी रामग्राममा खेलकुद, पुरस्कार वितरण, सरसफाई, अस्तुधातु प्रदर्शन लगायतका कार्यक्रम गरी मूल समारोहको कार्यक्रम आयोजना गरिने संयोजक भट्टराईले जानकारी दिए । 

    देवदहमा हुने मूल समारोह लुम्बिनी विकास कोष, देवदह नगरपालिका र यशोधरा विहारको सहकार्यमा हुने जनाइएको छ । 

    श्रीलंकाबाट ल्याइएको गौतम बुद्धको अस्तुधातु २९ गते बिहान ७ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरिने यशोधरा विहारका प्रमुख उपेखा गुरुमाले जानकारी दिइन् । मूल समारोहलाई प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मालेले सम्बोधन गर्ने जनाइएको छ । 

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा उपसमिति संयोजक सिद्धिचरण भट्टराईले बुद्ध सन्देश झल्किने गरी बौद्धस्थलहरू झकिझकाउ बनाइन र कार्यक्रमको भव्य तयारी गर्न समितिका सदस्यसहित स्थानीयलाई अनुरोध गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।