Logo

२०८३, कार्तिक २७गते


images
images

असुरक्षित भारतीय शिक्षालय

भारतको केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला

भारतको केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला

केआईआईटीमा मै फागुन ४ मा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो
images
  • भारतको केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला
    images

    काठमाडौं । भारतको केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएकी छन् । गत फागुन ४ मा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको केआईआईटीमा फेरी अर्को रहस्यमय घटना घटेको हो । 

    images
    images
    images

    प्रिशा शाह मृत भेटिएपछि भरतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) आन्दोलित भएको छ । केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई एबीभीपीले अत्यन्त पीडादायी भनेको छ ।

    images
    images
    images

    एबीभीपीले बिहीबार अबेर विज्ञप्ति निकाल्दैभारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

    images
    images

    केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययन गर्दै रहेकी वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
     
    यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ ।

    एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था  राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन हो ।

    प्रकृति लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । सोही घटना प्रिशा शाहमा पनि दोहोरिएको हुनसक्ने विद्यार्थीहरुको आंकलन छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केआईआईटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।