Logo

२०८३, श्रावण २७गते


images
images

खेमाँ तमु छोज धीं देवदहमा नयाँ नेतृत्व

खेमाँ तमु छोज धीं देवदहमा नयाँ नेतृत्व

images
  • खेमाँ तमु छोज धीं देवदहमा नयाँ नेतृत्व
    images
    images

    देवदह । खेमाँ तमु छोज धीं देवदहको छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिवार र आइतवार दुईदिनसम्म संचालित अधिवेशनले थमनसिंङ गुरुङको अध्यक्षता मूल समिति गठन गरेको छ । 

    images
    images
    images

    अधिवेशनले महिला समिति र युवा समिति समेत सर्वसम्मत रूपमा चयन गरेको अध्यक्षमण्डलका संयोजक भीम प्रसाद गुरुङले जानकारी दिए । नव निर्वाचित महिला समितिको अध्यक्षमा कमला तमुस्यो र युवा समितिको अध्यक्षमा खेम बहादुर गुरुङ चयन भएका छन् । 

    images
    images
    images

    मूल समितिको वरिष्ठ उपाध्यक्षमा पानबहादुर गुरुङ, उपाध्यक्षमा गोपालमान गुरुङ, सचिवमा विश्व गुरुङ, कोषाध्यक्षमा धनकुमारी गुरुङ, सह-सचिवमा तुलमाया गुरुङ रहेका छन् । जसको सदस्यहरुमा ज्ञानुमाया गुरुङ, यानुमाया गुरुङ, ज्ञान बहादुर गुरुङ, पूर्ण बहादुर गुरुङ र तिल बहादुर गुरुङ रहेका छन् । 

    images
    images
    images

    महिला समितिको उपाध्यक्षमा जिनसरी तमुस्यो, सचिवमा दिपा तमुस्यो, संगठन सचिवमा मीना तमुस्यो, प्रचार सचिवमा सरिता तमुस्यो, कोषाध्यक्षमा निशा तमुस्यो रहेका छन् । जसको सदस्यहरुमा संगीता तमुस्यो, देवी तमुस्यो, जसमति तमुस्यो, योगमा तमुस्यो, ढागमाया तमुस्यो, स्यानु तमुस्यो र नेत्र कुमारी तमुस्यो रहेको अध्यक्ष मण्डलले जनाएको छ । 

    त्यसैगरी युवा समितिको उपाध्यक्षमा नन्दु गुरुङ, सचिवमा विमल गुरुङ, संगठन सचिवमा जेम गुरुङ, प्रचार सचिवमा आकाश गुरुङ, कोषाध्यक्षमा सुरगिता गुरुङ र सदस्यहरुमा दिपिका गुरुङ, चुनु गुरुङ, रचना गुरुङ, बिपिन गुरुङ, सलिन गुरुङ, एशिका गुरुङ र दिवस गुरुङ रहेका छन् । 

    खेमाँ तमु छोंज धिंले ५ सदस्सिय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा प्रमुख सल्लाहकारमा गुरुङ भाषा अभियन्ता भीम प्रसाद गुरुङ र सल्लाहकारहरुमा मेक बहादुर गुरुङ, विनोद कुमार गुरुङ, जुम्व बहादुर गुरुङ र ज्ञानसरी गुरुङ रहेका छन् । 

    नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई तमु ह्युल छोंज धिं रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङले सपथ ग्रहण गराएका थिए । 

    नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै अध्यक्ष गुरुङले देवदहको खेमा तमु छोंज धिं जिल्लामै उत्कृष्ट गरेको बताए । उनले भाषा संस्कृतिको संरक्षण र विकासमा लाग्ने सम्पूर्ण अभियन्ताहरूलाई उत्कृष्ट कार्यको लागि आभार व्यक्त गरे । 

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थमनसिंङ गुरुङले एक करोड १० लाख बराबरको संरचना निर्माण गरिएको र यसलाई अझै विकास गर्दै लैजाने बताए । अधिवेशनले हलमा प्रस्तुत अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ। 

    देवदह नगरपालिकाको वडा नं ५ मा कार्यालय रहेको छोंज धिंले कार्यालय भवनमा अतिथी आवासको समेत व्यवस्था गर्ने गरी योजना निर्माण गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।