Logo

२०८३, आश्विन ११गते


images
images

पर्व

आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

images
  • आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
    images
    images

    जनकपुरधाम । तराई मधेशका जिल्लामा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदै छ। पर्वको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

    images
    images
    images

    विक्रम संवत्को नयाँ वर्षको आरम्भमा मनाइने दुईदिने यो पर्वमा पहिलो दिन 'सतुवाइन' र दोस्रो दिन 'जुडशीतल' भन्ने गरिन्छ। यद्यपि सतुवाइन जुडशीतलकै अङ्गका रूपमा लिइन्छ।

    images
    images
    images

    पहिलो दिन सातथरि अन्नको सातु बनाइन्छ — चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँग मिसाएर तयार पारिएको सातुमा सख्खर मिसाएर सर्वत बनाई कूलदेवतामा अर्पण गरिन्छ। त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान दिने चलन छ।

    images
    images
    images

    दोस्रो दिन आमाबुबा, गुरु र मान्यजनले आफूभन्दा सानाका टाउकोमा जल सिंचन गरेर शीतलता, सुख, शान्ति, दीर्घायु र प्रगतिका कामना गरिन्छ। खेतबारीमा मलजल गर्ने, रुखबिरुवामा पानी हाल्ने चलनले यो पर्वलाई प्राकृतिक चक्रसँग जोड्दछ।

    नयाँ वर्षको सुरुवात शीतल जलले गर्दा बालबालिकाको मस्तिष्क शान्त हुने र उनीहरूले वर्षभरि राम्रो काम गर्ने विश्वास मिथिलाञ्चलमा रहिआएको छ। कतिपय स्थानमा आज हिलोपानी खेल्ने चलन पनि देखिन्छ। घरघरमा सोइजनको तरकारी, करहीबरी, तरुवा लगायत विशेष परिकार बनाइने परम्परा कायम छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।