देवदह । देवदहको शितलनगरमा अवस्थित यशोधरा भिक्षुणी विहारमा बुद्ध पुजा तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै विहारका अधिपति उपेखा गुरुमाले देवदह मातृशक्तिको आधार क्षेत्र भएकाले यहाँको प्रवर्द्धन र विकासका लागि देवदहवासी आत्मैदेखि जागरुक भएर लाग्नुपर्ने बताईन् ।
'देवदह माता मायादेवीको जन्मभुमि हो ।' उनले भनिन- 'नयाँ वर्ष २०८२ लाई देवदहको विकास र समृद्धिको वर्ष बनाउनुपर्छ ।'
कार्यक्रममा उपस्थित उपासक- उपासिकालाई धर्मदेशना दिदै गुरुमाले सबै जनाले संकल्प गरि अघि बढ्न सकेमा विश्वमै सुख, शान्ति र समृद्धि कायम हुने उल्लेख गरिन् ।
सो अवसरमा नेपाल मगर संघका केन्द्रिय सह- अध्यक्ष दलबहादुर विरकट्टा, त्रीरत्न बन्दना पुच बुटवलका अध्यक्ष सुन्दरलाल शाक्य, स्थानीय किसन बहादुर थापा, वेल बहादुर गुरुङ, सन्चारकर्मी यम राना, दुर्गा पन्चायतन मन्दिर शितलनगरका अध्यक्ष चेत प्रसाद बस्याल लगायतले बोलेका थिए ।
कार्यक्रम यशोधरा भिक्षुणी विहार संरक्षण समितिका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता र सचिव तिल विक्रम बुढाथोकीको संचालनमा भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology