एजेन्सी । अफगानिस्तानले नेभारा निर्यातबाट १६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ। उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादका अनुसार यो रकम फारसी क्यालेण्डरको वर्ष १४०३ मा संकलन भएको हो, जुन २०२५ मार्च २० मा समाप्त भएको थियो।
संयुक्त राज्य अमेरिका, बेलायत, भारत, पाकिस्तान, ओमानलगायत थुप्रै देशमा अफगानिस्तानले ताजा र सुकेका दुवै प्रकारका नेभारा पठाएको हो। निर्यातलाई अझ सशक्त बनाउन प्रयास भइरहेको जवादलाई उद्धृत गर्दै टोलोन्युजले लेखेको छ।
नेभारा अफगानिस्तानको प्रमुख निर्यात वस्तुमा पर्छ। लामो समयदेखि निर्यात भइरहेको यो वस्तुले अफगानिस्तानको अर्थतन्त्रमा टेवा दिँदै आएको छ।
देशको अन्य मुख्य निर्यात सामग्रीमा बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर, कपास, औषधिय बिरुवा, ताजा र सुकेका फलफूल, पाइन नट, खुबानी, खट्टा चेरी, कार्पेट, केसर, खरबुजा र स्याउ पर्छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology