Logo

२०८३, आश्विन ९गते


images
images

सामाजिक संजाल

चैत मसान्तसम्म दर्ता नभए फेसबुक बन्द गर्ने सरकारको चेतावनी

चैत मसान्तसम्म दर्ता नभए फेसबुक बन्द गर्ने सरकारको चेतावनी

images
  • चैत मसान्तसम्म दर्ता नभए फेसबुक बन्द गर्ने सरकारको चेतावनी
    images
    images

    लुम्बिनी  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया पूरा नगरे बन्द गरिने चेतावनी दिएका छन्।

    images
    images
    images

    रुपन्देहीमा आयोजित आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं महाधिवेशनमा बोल्दै मन्त्री गुरूङले दुई महिना अघि मेटालाई दर्ता गर्न सूचना दिइसकेको भए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उल्लेख गरे। “चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं,” उनले भने।

    images
    images
    images

    गुरूङका अनुसार सामाजिक सञ्जालमार्फत स्क्याम, ठगी र अन्य गैरकानुनी गतिविधि बढेकाले त्यसको नियमन गर्न सरकारले दर्ता प्रक्रिया अघि बढाएको हो। उनले भने, “भारतलगायत देशहरूमा फेसबुक जस्ता प्लेटफर्महरू दर्ता भएर राजश्व तिर्दै आएका छन्, नेपालमा भने अहिलेसम्म बिना दर्ता सञ्चालन भइरहेको छ। अब यिनले पनि राजश्व तिर्नुपर्छ।”

    images
    images
    images

    मन्त्री गुरूङले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडिया बन्द गर्ने सरकारको कुनै योजना नरहेको प्रस्ट पारे। उनले भने, “सरकारले अनलाइन मिडिया नियन्त्रण गर्दैछ भन्ने हल्ला भ्रम मात्रै हो। संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार सुरक्षित छ।”

    उनका अनुसार साइबर सुरक्षासम्बन्धी विधेयक पनि आउँदो संसद् बैठकमा पेश गर्ने तयारी भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।