काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बस्तुमाथि थप भन्सार शुल्क लगाएपछि फेरि वित्तीय बजारमा गिरावट आएको छ। मंगलबारको पहिलो प्रहरमा बजार ओरालिएको थियो, तर ह्वाइट हाउसले १०४ प्रतिशत ट्यारिफको औपचारिक घोषणा गरेपछि यो गिरावट अझ तीव्र भएको हो।
बीबीसीले ह्वाइट हाउसको पुष्टि उद्धृत गर्दै भनेको छ— केही चिनियाँ वस्तुमा यो उच्च दरको ट्यारिफ लगाइएको हो। त्यसअघि नै ट्रम्पले आफ्ना योजनाको खुलेर प्रशंसा गर्दै यो कदम अमेरिकाका लागि ‘सही निर्णय’ भएको दाबी गरेका थिए।
ट्रम्पले दिएको समयसीमा उल्लंघन गर्दै बेइजिङले प्रतिशोधस्वरूप लगाइएका भन्सार शुल्क फिर्ता नलिएको वासिंटनको चीनमाथि आरोप छ।
अब ट्रम्पको ट्यारिफ योजना बुधवार रातिदेखि लागू हुँदैछ, जसको प्रभाव ६० मुलुकसम्म पर्ने अनुमान गरिएको छ। केही मुलुकले अमेरिकाको निर्णयको स्वागत गरे पनि धेरै देशमा मन्दीको डरले त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology