Logo

२०८३, आश्विन ११गते


images
images

दह महोत्सव

मंगलपुष्करिणी दह महोत्सव सुरु, देवदहमा गरियो महापरित्राण पाठ

मंगलपुष्करिणी दह महोत्सव सुरु, देवदहमा गरियो महापरित्राण पाठ

images
  • मंगलपुष्करिणी दह महोत्सव सुरु, देवदहमा गरियो महापरित्राण पाठ
    images
    images

    देवदह । देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहिवार एक कार्यक्रम बीच दहमा महापरित्राण पाठ गरि महोत्सवको सुरूवात गरियो।

    images
    images
    images

    देवदह-७ स्थित अन्तराष्ट्रीय भिक्षुणी विहारबाट मंगलपुष्करिणी दहसम्म कलश यात्रा गरि महोत्सवको औपचारिक सुरूवात गरिएको महोत्सव मूल आयोजक समिति संयोजक समेत रहेका देवदह-९ का वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए।

    images
    images
    images

    महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ। अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रीय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो।

    images
    images
    images

    महोत्सव उद्धाटन समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, अन्तराष्ट्रीय भिक्षुणी महासंघ तथा यशोधरा भिक्षुणी बिहारकी अध्यक्ष न्यानवती गुरुमा लगायतको उपस्थिति रहेको थियो।

     कार्यक्रममा बोल्दै भिक्षु मैत्री महास्थवीरले बृहत्तर देवदह क्षेत्रको विकास आवश्यक रहेको बताए। 'देवदह एउटा महत्वपूर्ण क्षेत्र हो, दहसंगै यहाँ रहेका अन्य बौद्धकालिन महत्वपूर्ण क्षेत्रको विकासले समग्र देवदहलाई समृद्ध बनाउने छ' उनले भने। भिक्षु मैत्री महास्थवीरले देव दह, बैरिमाई, कन्यामाई, पाकरीसहित पण्डितपुर र रामग्रामलाई समेत समेटेर विकास गरिनुपर्ने विचार व्यक्त गरे।

    देवदह महोत्सवस .JPG

    महापरित्राण पाठको औपचारिक समारोह वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मोहन जिसीको अध्यक्षता, प्रगति सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गबहादुर रानाको स्वागत र संचारकर्मी कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो।

    महोत्सवको कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाएका छन। भुपु सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान आदि संघसंस्थाले पानी, चिया लगायत वस्तु निशुल्क वितरण गरेका छन।

    महापरित्राण पाठ के हो? किन गरिन्छ ?

    बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गरेका केही सूत्रहरूलाई परित्राण पाठ भनिन्छ। यो पाठ विश्वभरिका बौद्ध भिक्षुहरूले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो, विशेषगरी पाली भाषा प्रयोग गर्ने थेरवादी बौद्ध मुलुकहरूमा लोकप्रिय छ।

    परित्राण पाठ स्वयं तथागत गौतम बुद्धले विभिन्न समय र परिस्थितिमा पाठ गरेका सूत्रहरूको संकलन हो। यी सूत्रहरू बुद्धका आधारभूत शिक्षाबाट छनोट गरिएका हुन्छन्। जन्मदिन, गृहशान्ति, रोग निवारण, आपत-विपत, तथा अन्य धार्मिक अनुष्ठानहरूमा श्रद्धेय भिक्षुहरूले यो पाठ गराउने परम्परा रहेको छ।

    प्रारम्भमा यी सूत्रहरू करिब दुई हजार वर्षअघि ताडपत्रमा लेखिएका थिए। पछि परिमार्जन गर्दै परित्राण पाठलाई पुस्तकका रूपमा संकलन गरियो।

    परित्राण पाठका अधिकांश सूत्रहरू सूत्र पिटक अन्तर्गतका अंगुत्तर निकाय, मज्झिम निकाय, दीघ निकाय, संयुक्त निकाय, तथा खुद्दक निकाय बाट लिइएका छन्। यस पाठले मानसिक सुदृढता बढाउने, नकारात्मक विचार हटाउने, दुर्भाग्य टार्ने, अस्वस्थता कम गर्ने र ग्रहदशाको दुष्प्रभावबाट जोगाउने विश्वास गरिन्छ। भिक्षुहरूले यो पाठ विशेष लयमा उच्चारण गर्ने प्रचलन छ।

    परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्व उच्चारण र उपयुक्त लयमा पाठ गर्नु पर्ने हुन्छ । यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ । ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ (तीन रत्न) हो । जसको समिश्रण नै बुद्ध धर्म हो । त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्ने जनविश्वास छ।

    शुक्रवारदेखि श्रीमद्भागवत महापुराण

    बौद्ध परम्परा अनुसार बिहिवार महापरित्राण गरि सुरु गरिएको महोत्सवमा भोलिदेखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ।  शुक्रवार हिन्दु परम्पराअनुसार कलश यात्रा गरि श्रीमद् भागवद महायज्ञ सुरु गरिने आयोजकले जनाएको छ। ऐतिहासिक मंगलपुष्करिणी (देव दह) को प्रचार प्रसारसंगै देवदह -९ स्थित सन्दिप आधारभूत विद्याल र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको जनाइएको छ।

    प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देव दहमा सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाई छ। बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ। बौद्धकालिन समयमा राज्याभिषेकका क्रममा देव दहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन।

    REK00183-min.JPG

    देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन। धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो। बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ।

    देवदह नगरपालिका वडा नं ९ ले संयोजन गरिरहेको महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामूदायिक वन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।