Logo

२०८३, आश्विन ११गते


images
images

जनकपुरधाममा चैती छठ : आस्था र भक्तिको उत्सव

जनकपुरधाममा चैती छठ : आस्था र भक्तिको उत्सव

images
  • जनकपुरधाममा चैती छठ : आस्था र भक्तिको उत्सव
    images
    images

    जनकपुर । मिथिलाञ्चलको महापर्व चैती छठ को अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण, र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ।

    images
    images
    images

    छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरू विशेष रूपमा सजाइएका छन्। भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायतका फलफूल लिएर सूर्यलाई अर्घ्य अर्पण गर्छन्। छठको पूजा पोखरी तथा नदीमै गरिन्छ।

    images
    images
    images

    वर्षमा दुईपटक कात्तिक र चैत महिनामा मनाइने यस पर्वको धार्मिक र पौराणिक महत्त्व गहिरो छ। किंवदन्तीअनुसार, सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेकी थिइन्। त्यसैगरी, महाभारत कालमा द्रौपदीले कौरवहरूलाई पराजित गर्न सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाएको उल्लेख पाइन्छ।

    images
    images
    images

    जनविश्वासअनुसार, छठ पर्व मनाउँदा दुःख-पीडा हट्ने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने, र पारिवारिक सुख-शान्ति कायम रहने विश्वास गरिन्छ। यही आस्थाका साथ श्रद्धालुहरूले भक्तिभावपूर्वक छठ पर्व मनाउने गर्छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।