Logo

२०८३, श्रावण २७गते


images
images

क्षमता विकास तालिम

देवदहमा महिला स्वास्थ्य स्वयंसेवीका लक्षित क्षमता विकास तालिम

देवदहमा महिला स्वास्थ्य स्वयंसेवीका लक्षित क्षमता विकास तालिम

images
  • देवदहमा महिला स्वास्थ्य स्वयंसेवीका लक्षित क्षमता विकास तालिम
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा महिला स्वास्थ्य स्वयंसेवीकाको क्षमता वृद्धि गर्ने उद्देश्यसहित दुई दिने तालिम सम्पन्न भएको छ। देवदह नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरेको हो।

    images
    images
    images

    तालिमको समापन गर्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाको योगदान महत्वपूर्ण रहेको बताइन्। नागरिकसँग प्रत्यक्ष जोडिने स्वयंसेवीकाहरूको क्षमता विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै, नगरपालिकाले उनीहरूको सम्मानका लागि योजना बनाएको जानकारी दिइन्।

    images
    images
    images

    समापन समारोहमा भगवती पराजुली, शोभादेवी श्रेष्ठ, अकलुन निसा मुसलमान, इन्दिराकुमारी महत, सारदादेवी क्षेत्री, टिकादेवी पाण्डे, पार्वती थरुनी, तिलकुमारी लामिछाने, अम्बिका पौडेल र माया पौडेललाई नगदसहित सम्मान गरिएको छ।

    images
    images
    images

    तालिममा डा. सुजन पौडेल, काशीराम रेग्मी, रामप्रसाद पन्थी, माया पुन, मिनु पुन, देवी विक लगायतले सहजीकरण गरेका थिए।

    उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका पवित्रा नेपाली, चन्द्रानी पाण्डे लगायतले आफ्ना भनाइ राखेका थिए।

    देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम गिरी तरामुको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।