काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार २०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज बिदा दिइएको हो।
ईद–उल–फित्र इस्लाम धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउने परम्परा रहिआएको छ।
आज विभिन्न धार्मिक अनुष्ठान, भेटघाट र शुभकामना आदान–प्रदान गर्दै उनीहरू पर्व मनाउँदै छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology