Logo

२०८३, आश्विन ११गते


images
images

संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी

संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी

images
  • संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन्।

    images
    images
    images

    शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताए। उनले राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गरे। उनले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको आरोप लगाए।

    images
    images
    images

    उनले भने, ‘नेपालमा प्रजातन्त्रको नाममा प्रजातन्त्रमाथि प्रहार भयो, जनताको नाममा जनताको सोशन गरियो, त्यसको विरुद्धमा आवाज उठेको छ । यो संविधानको दुरुपयोग गरेर  जसरी संविधानको विपरित जान खोजिएको छ त्यसको विरुद्धमा आवाज उठेको छ । त्यो आवाजको एउटा कुरा अब परिवर्तन नगरी हुँदैन । पहिला पहिला नेपालमा दुई खम्बे राजनीति भन्ने थियो । संविधानभित्रको राजसंस्था र प्रजातन्त्र । अब हामी भन्छौँ नेपालमा तीन खम्बे राजनीति आवश्यक भइसकेको छ ।  देशलाई संविधान भित्रको राजसंस्था चाहिएको छ, भविभावकको भुमिका खेल्ने र बहुलबादमा आधारित जनताको  सर्वोच्चसहितको प्रजातान्त्रिक व्यवस्था चाहिएको छ । नेपालको पहिचान सर्वधर्म समभाव विश्वमा हिन्दु राष्ट्रको पहिचान पनि चाहिएको छ । देशमा स्थिरताका लागि, अगाडी बढाउनका लागि र नयाँ परिवर्तनका लागि यी तीन वटा खम्बा आवश्यक भइसकेको छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाशचन्द्र लोहनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।