बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ क्षेत्रीय समितिले मातहतका समितिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीलाई प्रजातान्त्रीक धारबाट अघि बढाउन क्षेत्र, पालिका र वडा कमिटिको सम्मेलन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
पार्टीको क्षेत्रीय समिति मातहतका समितिका सम्मेलनहरु सभ्य र भब्य रुपमा सम्पन्न गर्ने गरि तालिका बनाउने निर्णय भएको पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी दिए । क्षेत्रीय समितिको बैंठकले कृयाशिल सदस्यको नवीकरणको मिति समेत टुङ्गाएको उनले बताए ।
क्षेत्रीय सभापति खत्रीका अनुसार निर्धारित समयमै वडा सम्मेलन र पालिका सम्पन्न गरेका रोहिणी गाउँ समिति र ओमसतिया गाउँ समितिलाई बधाई दिदै अन्यको मिति समेत तोकिएको छ । यस्तै क्रियाशिल सदस्यता नवीकरणकालागि क्षेत्र मातहत रहेका हरेक वडाले यहि चैत्र ७ गतेभित्र, पालिकाले ११ गतेभित्र, प्रदेश क्षेत्रीय समितिले १६ गतेभित्र र क्षेत्रीय समितिले २५ गतेभित्र आफूभन्दा माथिल्लो निकायमा बुझाउने गरि निर्णय गरिएको सभापति खत्रीले जानकारी दिए । पार्टिको बिधान अनुरुप सम्पन्न गर्नुपर्ने सम्मेलन चैत्र ९ गतेभित्र पालिका र मातहतमा रहेका सबै वडा, चैत्र १६ गतेभित्र प्रदेश क्षेत्रीय समिति र चैत्र २३ गतेभित्र क्षेत्रीय समितिको सम्मेलन्न सम्पन्न गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।
बैठकमा पार्टिका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिको लेबिका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ मा पाँच हजार एक सय बढी क्रियाशील सदस्य रहेका छन् ।
बैठकमा बोल्दै पार्टीका केन्द्रिय सदस्य अब्दुल रज्जाकले पछिल्लो घटनाक्रमले धमिलो पानीमा माछा मार्न खोज्नेहरु सक्रिय हुन खोजेको बताए । उनले यस्तो अवस्थामा कांग्रेस र कांग्रेसका सदस्यले थप संगठित भएर काम गर्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका रज्जाकले क्षेत्रीय समितिको निर्णयले तोकेको समय सिमाभित्र कृयाशिल सदस्यता नबिकरण र बिधान बमोजिम सम्पन्न गर्नुपर्ने सम्मेलन सम्पन्न गर्न निर्देशन दिए ।
बैंठकमा जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले काँग्रेसलाई सबैको पार्टी बनाउन आवश्यक भएकाले तल्लो तहसम्मका क्रियाशिल सदस्यको मन जित्नेगरि काम गर्न सुझाव दिए । काँग्रेसले नागरिकको भावना बुझ्न सक्ने भएकाले पार्टीको मर्म र भावना अनुसार काम गर्न क्षेत्रीय, नगर र वडा सभापतिहरुलाई उनले आग्रह गरे ।
बैठकमा पार्टीका जिल्ला सहसचिव बासुदेव रिमाल, तिलोत्तमा नगर सभापति हरीलाल पाण्डे, देवदह नगर उपसभापति अमर लामिछाने, रोहिणी सभापति पारसनाथ योगी, ओमसतिया सभापती भगवानप्रसाद चौधरी, जिल्ला सदस्य डिल्लिराज मरासिनी, तोलाकान्त बस्याल, नेता बिश्वनाथ यादव लगायतले पार्टीलाई अझ मजबुद बनाउनु आजको आवश्यकता रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology