काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । लुम्बिनी प्रदेशका तीन विभिन्न स्थानमा खेलहरू हुनेछन् ।
आइतवार बिहान ९ बजे रुपन्देहीको सिदार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र एपीएफ तथा दाङको देउखुरीमा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले दाङ र रुपन्देहीका ३ वटा क्रिक्रेट मैदानमा खेल सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ ।
गत संस्करणको पीएम कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology