Logo

२०८३, कार्तिक २७गते


images
images

प्रश्न सोध्दा पत्रकार मर्यादित हुनुपर्छ : श्यामकुमार घिमिरे

प्रश्न सोध्दा पत्रकार मर्यादित हुनुपर्छ : श्यामकुमार घिमिरे

images
  • प्रश्न सोध्दा पत्रकार मर्यादित हुनुपर्छ : श्यामकुमार घिमिरे
    images

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रश्न सोध्दा पत्रकारहरु मर्यादित हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताए ।

    images
    images
    images

    उनले भने, ‘प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस दृढताका सात उभिन्छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिन्छ । तर मर्यादित भइदिन चाहीँ म पत्रका साथीहरुलाई व्यक्तिगत तर्फबाट पनि विनम्र अनुरोध गर्दछु ।’

    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही शाहीले सरकारले मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने खोजेको आरोप लगाउनु भयो । उहाँले सरकारले कुलमानलाई हटाए सरकार पनि हटाउने चेतावनी दिए ।

    उनले भने,‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजको मन्त्रिपरिषदको बैठकले हटाउन निर्णय गर्न खोज्दैछ, हामी यस्को घोर विरोध गछौँ । र सडक र सदनबाट दबाब दिनुपर्छ । सरकारलाई हामी भन्न चाहन्छौ, कुलमान हटाउँदा तपाईको सरकार पनि हट्ला है ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विदेशमा बस्ने नेपालीलाई नागरिकतामार्फत जोड्ने प्रक्रियासँग डराएर फ्रि भिसाको कुरा गरेको आरोप लगाए । उनले भने,‘विदेशमा बसेका नेपालीहरुलाई नागरिकतामार्फत नेपालसँग जोड्ने प्रक्रियासँग डराएर आज सरकार फ्री भिसाको कुरा गरिरहेको छ । आज सदनमा प्रस्तुत गर्दै गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धीकेही नेपाल ऐन सम्शोधन गर्न बनेको अध्यादेशमार्फत गैरआवासीय नेपालीलाई जसलाई नागरिकता दिइएको छ । नागरिकता दिएर नेपालसँग जोड्ने प्रक्रियामा जुन कानून बनाएको छ त्यसको खिल्ली उठाउँदै उनीहरुलाई फ्री भिसाको कुरा गरिरहेको रहेछ, सरकार किन डराउँछ विदेशमा बस्ने नेपालीहरुसँग ?’

    संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्वन गर्नु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको उनीहरुको भनाइ छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्यामकुमार घिमिरे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।