काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश भएका विधेयकहरुको प्रक्रियामा त्रुटी नभएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सदनमा प्रश्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताए । विधेयकबारे छलफल गरेर संसदले उचित निर्णय गर्ने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले संसदमा प्रश्तुत विधेयक स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महशुस गरेर ल्याएको जिकिर गरे। संसदमा प्रश्ताव पेश गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने ? भन्दै प्रतिप्रश्न गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology