Logo

२०८३, श्रावण २७गते


images
images

सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरू कब्जा गर्न खोज्योः रास्वपा सांसद वाग्ले

सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरू कब्जा गर्न खोज्योः रास्वपा सांसद वाग्ले

images
  • सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरू कब्जा गर्न खोज्योः रास्वपा सांसद वाग्ले
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेलले सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

    images
    images
    images

    प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश, २०८१’लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    उनले वाइडवडीमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखेको भए पनि कारबाही प्रक्रिया अगाडि नबढाएको बताए।

    images
    images
    images

    अदालतसमेत दलीय छायामा परेको उनको भनाइ छ । उनले संवैधानिक निकायमा समेत भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्नेको बताए।

    उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय रुपमा हाम्रा बैंकिङ कारोबारहरू विदेशीलगायत यावतमा थप निगरानी हुने सुधार नगर्ने हो भने अब हामी कालोसूचीमा पर्ने लगभग पक्का भएको छ । हामीले मनी लाउन्डरिङ लगायतका ऐनहरू बनाउने तर कार्यान्वयन नगर्ने, वाइडवडीमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेण्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखिदिएको छ । तर यहाँ कारबाही हुँदैन । यहाँ क्यासिनो र हुण्डीमार्फत सम्पत्ति शुद्धीकरण गरिरहनु भएको छ । यसैलाई हो उसले इंगित गरेको, कारबाही पनि गर । यो कागजमा लेखेर मात्र भएर दुईचार जनालाई थुन, जाक भनेर भनेको हो । राजनीतिक संस्थाहरू त कब्जा भएका छन् । अदालत दलीय छायाँमा छ । संवैधानिक नियुक्ति तपाईकै भागबण्डामा हुन्छ । अर्को डरदलाग्दो कुरा तपाईहरू आर्थिक संस्थासमेत कब्जा गर्ने दिशामा गइरहनुभएको छ ।’

    उनले सेबनको अध्यक्ष कस्को प्रभावमा नियुक्त गरिएको हो भन्दै प्रश्नसमेत गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा सांसद वाग्ले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।