Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह प्रहरी चौकीको भवन उद्घाटन, नगर प्रमुख भन्छन् - 'प्रहरी र जनप्रतिनिधि मिलेर खोला चोरेको आरोप छ'

देवदह प्रहरी चौकीको भवन उद्घाटन, नगर प्रमुख भन्छन् - 'प्रहरी र जनप्रतिनिधि मिलेर खोला चोरेको आरोप छ'

images
  • देवदह प्रहरी चौकीको भवन उद्घाटन, नगर प्रमुख भन्छन् - 'प्रहरी र जनप्रतिनिधि मिलेर खोला चोरेको आरोप छ'
    images

    देवदह । रुपन्देहीको देवदहमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । १७ लाख ४१ हजार ७८९ रुपैयाँ लागतमा निर्मित प्रहरी चौकी खैरेनीको कार्यालय भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन गरियो ।

    images
    images
    images

    भवन उद्घाटन समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहमा नदिजन्य पदार्थको चोरी निकासीको नियन्त्रणमा समस्या देखिएको बताए । प्रहरी र जनप्रतिनिधि कै मिलेमतोमा नदिजन्य पदार्थको चोरी निकासी भैरहेको आरोप नागरिकले लगाइरहेको उल्लेख गर्दै उनले सबै मिलेर सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताए । 

    images
    images
    images

    "तिम्रै अगाडिका खोला देखेका छौं । दिनानुदिन चोरी भैरहेको छ । यसमा प्रहरी र जनप्रतिनिधिको मिलेमतो छ भनेर नागरिकले आरोपित गरिरहेका छन् ।" उनले भने, "यसमा संलग्न जो कोहीलाई कारवाही गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सबैले आवश्यक सहकार्य गर्न जरुरी छ ।"

    images
    images

    त्यसैगरी आफुहरुले देवदहमा इलाका प्रहरी कार्यालय ल्याउन जग्गा व्यवस्थापन लगायतका काम गरिसकेको उल्लेख गर्दै उनले त्यसको लागि गृह मन्त्रालयमा पहल भैरहेको बताए । 

    कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह क्षेत्रमा रहेका तीन वटै प्रहरी चौकीले यस क्षेत्रको सुरक्षामा महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नागरिकमा प्रहरी नै सरकार हो भन्ने मान्यता रहेको उल्लेख गर्दै सार्वजनिक स्थानमा सरकारको उपस्थितिको रुपमा प्रहरी नै रहने हुनाले प्रहरीलाई आवश्यक कार्यालय, यातायात, आवास लगायातको व्यवस्थापन तिनै तहका सरकारको दायित्वको विषय रहेको बताए ।

    इलाका प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले समुदायसंग सहकार्य गर्दै प्रहरीले सेवा प्रवाह गर्नुपर्ने बताए । धेरै स्थानमा प्रहरीलाई उपयुक्त कार्यालय र आवासको अभाव रहेको उल्लेख गर्दै उनले प्रहरीको आन्तरिक व्यवस्थापन राम्रो भयो भने सेवा प्रवाह थप गुणस्तरीय हुने धारणा व्यक्त गरे । 

    प्रहरी चौकी खैरेनीका इन्चार्ज प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले प्रहरीको तल्लो दर्जामा कार्यरत कर्मचारीको व्यवस्थापन आफुहरुको दायित्वको विषय रहेको हुनाले नगरपालिकासंग अनुरोध गरेर भवन निर्माण गरिएको बताए । 

    देवदह नगरपालिका वडा नं ७ का अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा देवदह नगर प्रवक्ता गणेश डुम्रे, वडा अध्यक्षहरु, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्रहरी चौकी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।