देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ ले वडालाई 'उज्यालो वडा' बनाउने अभियानलाई सुरु गरेको छ । वडाभित्र अपराधिक क्रियाकलाप हुन नदिने र वडावासीहरुलाई अन्धकार मुक्त बनाई उज्यालो दिने उद्देश्यले वडाले अभियान अगाडि सारेको वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए ।
शनिबार एक कार्यक्रमबीच ८१ वटा पोलमा बल्ब जडान गरी कार्यक्रमको उद्घाटन गरिएको छ । उज्यालो वडा बनाउने अभियानमा स्थानीय प्रगति सामुदायिक वन, टोल विकास संस्था र स्थानीयबासीको सहकार्य रहेको अध्यक्ष जिसीले बताए ।
वडाका विभिन्न स्थानमा बलेका लाइटको रकम भुक्तानीको लागि विद्युत प्राधिकरणको नियममा रहेर मीटर बक्स जडान गरिएको वडाले जनाएको छ ।
उज्यालो वडा अभियानको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले नगरबासीहरुको सुरक्षा गर्ने जिम्मा नगरपालिकाको हुने बताए । उनले शान्ति, सुरक्षा र नागरिकको सहजताको लागि वडा नं ९ बाट सुरु गरिएको बताए । बिस्तारै सबै वडाहरुलाई 'उज्यालो वडा' बनाउन देवदहवासीसंग सहकार्य गर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology