Logo

२०८३, कार्तिक २७गते


images
images

वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेल्यो : राप्रपा अध्यक्ष लिङ्देन

वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेल्यो : राप्रपा अध्यक्ष लिङ्देन

images
  • वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेल्यो : राप्रपा अध्यक्ष लिङ्देन
    images

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाएका छन् । सनिवार बुटवलमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको तथा जनताको अवस्था झनै दयनीय बन्दै गएको बताए ।

    images
    images
    images

    ‘देशमा भ्रष्टाचार विगत देखि नै थियो, तर अहिले त्यो बढेर संस्थागत जस्तै भएको छ ।’ उनले भने, ‘विदेशिएका युवाको अवस्था दर्दनाक छ, सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिरहेको छैन ।’ 

    images
    images
    images

    अध्यक्ष लिङ्देनले अझैपनि पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु भएको तर्क गरे । उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना समेत गरे । अध्यक्ष लिङ्देनले सत्तामा रहेका दलहरुले मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजेको र जनताको असन्तोषलाई वेवास्ता गरेको आरोप लगाए ।

    images
    images

    नेपालका लागि वर्तमान राज्य व्यवस्था असफल भईसकेको भन्दै उनले संघीय व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पूर्ण समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्ने जस्ता प्रस्ताव अघि सारे ।

    अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखे । ‘राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ । उनले भने, ‘जसलाई दुई कार्यकालभन्दा बढी रहन नपाइने व्यवस्था ल्याउनुपर्छ ।’

    नेपालको परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष लिङ्देनले कुनै पनि देशको प्रभावमा नपरी स्वतन्त्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।