काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा शुक्रवार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । विस्फोटमा परि २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन् ।
घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको हो । मदरसाका हेरचाहकर्ता मौलाना हमिद उल हक हक्कानी आक्रमणको निशानामा थिए । उनी विस्फोटमा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी अधिकारी अब्दुल रशिदले शुक्रवारको प्रार्थना गर्न भेला भएका उपासकहरू बीच एक आत्मघाती बम विस्फोट भएको हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि क्षेत्रलाई घेराबन्दी गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology