काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन् ।
शुक्रवारदेखि काठमाडौंमा शुरु भएको काठमाडौं शैक्षिक मेलालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएकी हुन् । डंगोलले विद्यार्थीलाई कितावको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताइन् ।
उनले महानगरले शुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको उल्लेख गरिन् । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।
उप प्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताईन् । विद्यार्थीले आफूले सीप सिकेर अरु दश जनालाई सीप सिक्न पे्ररित गर्नुपर्नेमा उनको जोड छ । काठमाडौं शैक्षिक मेला शनिवारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology