Logo

२०८३, कार्तिक २७गते


images
images

देवपाटा स्मृति दिवसमा फलफूल तथा खाद्य सामग्री वितरण

देवपाटा स्मृति दिवसमा फलफूल तथा खाद्य सामग्री वितरण

images
  • देवपाटा स्मृति दिवसमा फलफूल तथा खाद्य सामग्री वितरण
    images

    बुटवल । रुपन्देहीका पत्रकार स्व. देव बहादुर पाटामगरको १६ औं स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देव बहादुर पाटामगरको स्मृतिमा बुघबार एक कार्यक्रमका बीच बुटवल जीतगढी स्थित कुष्ठरोगबाट प्रभावित व्यक्ति कल्याण समितिमा आश्रित कुष्ठरोगबाट प्रभावितहरुलाई फलफूल, दाल, चामल, तेल, चिनी लगायतका खाद्य सामग्री वितरण गरिएको फोनिज रुपन्देहीका अध्यक्ष मीन बहादुर रानाले जानकारी दिए । 

    images
    images
    images

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश इन्चार्ज मिलन गाहा, फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवल उपमहानगर उपाध्यक्ष लुम बहादुर सारुमगर, पाटाका धर्मपत्नी नारायणी पाटा, राज चौधरी, आकृति थापा लगायतको उपस्थितिमा फलफुल तथा खाद्य सामग्री वितरण गरिएको फोनिजले जनाएको छ । 

    images
    images
    images

    बुटवलमा रहेर सक्रिय पत्रकारिता गर्ने क्रममै वि.स. २०६५ सालमा पाटामगरको बुटवल लखनचोक चौराहामा सडक दुर्घटनामा परी निधन भएको थियो । 

    images
    images

    देव पाटा स्मृति दिवसको अवसरमा फोनिज रुपन्देहीले हरेक वर्ष रचनात्मक कार्य गर्दै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवपाटा स्मृति दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।