बुटवल । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ललितकला संघ लुम्बिनी प्रदेशकाे भेला सम्पन्न भएको छ । मंगलबार बुटवलमा सम्पन्न भेलाले खेम घिमिरेकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बाल गोविन्द त्रिपादी (कपिलवस्तु), दिलिप रोका (रूपन्देही), सचिवमा विष्णुप्रसाद सुवेदी (रूपन्देही), सहसचिवमा डिबी भण्डारी (बाँके) र काेषाध्यक्ष रामऔतार चौधरी रहेका छन् । समितिको सदस्यहरूमा निलम राहदी मगर, अर्जुन पाठक, नर बहादुर चौधरी, सन्दीप चौधरी लगायत रहेको संघले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष केशवराज खनालले कलाले श्रमजीवी वर्गको सम्मान गर्नुपर्ने बताए । शासकहरुको स्तुतीगान गर्ने र श्रमजीवी वर्गलाई हेयको दृष्टिकोणले हेर्ने कलाले समाज रुपान्तरणमा योगदान दिन नसक्ने र त्यसले इतिहासको सम्मानसमेत नगर्ने उनको भनाइ छ ।
कार्यक्रममा जनसांस्कृतिक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कविराज पाैडेल, सचिवालय सदस्य नरेन्द्र भण्डारी, प्रदीप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology