बुटवल । विभिन्न जातजातिका सामाजिक मू्रल्य र मान्यता तथा भाषा, संस्कार र सँस्कृति संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जातिगत तथा क्षेत्रगत मौलिक पहिचानहरु संरक्षण र पुस्ता हस्तान्तरण गर्ने कुरामा स्थानीय रुपमा क्रियाशिल विभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुनेमा उनीहरुले जोड दिए ।
नेपाल मगर संघ उपमहानगर समितिले सोमवार बुटवलमा आयोजना गरेको ‘२१औं शताब्दीमा मगर संघको आवश्यकता र औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष दल बहादर बिरकट्टामगरले मौलिक हक पहिचानको लागि नेपाल मगर संघले महत्वपूर्ण भुमिका खेलेको बताए । ‘संघले पुस्ता हस्तान्तरणका लागि समेत महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ उनले भने, ‘मगर समुदाय यो सताब्दिको सचेत नागरिक तयार पार्नका लागि प्रतिवद्ध हुनुपर्छ र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्छ ।’
कार्यक्रममा नेपाल मगर संघका लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष जनक थापामगर, संघका रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बाह«घरे मगर, उपप्राध्यापक धन बहादुर रेश्मीमगर लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षता, उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकीमगरको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology