Logo

२०८३, आश्विन १०गते


images
images

च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित

च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित

images
  • च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित
    images
    images

    कराँची । रेन रिकेल्टनको पहिलो एक दिवसीय शतकसँगै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ।

    images
    images
    images

    शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०८ रनमा समेटिएको हो।

    images
    images
    images

    अफगानिस्तानका सहमत साहले सर्वाधिक ९० रन जोडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले ३ विकेट लिए भने लुङ्गी एनगिडी र वाइन मल्डरले समान २–२ विकेट हात पारे।

    images
    images
    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३१५ रन जोडेको थियो। अफ्रिकाका लागि रिकेल्टनले १०६ बलमा १०३ रन जोडे। उनी शतक पूरा गरेपछि रन आउट भएका थिए। उनले कप्तान तेम्बा बभुमासँग दोस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए। अफ्रिकाका लागि कप्तान बभुमाले ५८ रन बनाए। भान डेर रुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा आइडन म्याक्रम ५२ रनमा अविजित रहे। अफगानिस्तानका मोहम्मद नाबीले दुई विकेट लिए।

    यो जितसँगै अफ्रिकाले समूह ‘बी’मा दुई अंक जोडेको छ। समूह ‘ए’ मा भारत र न्युजिल्यान्डले दुईदुई अंक जोडेका छन्। दुई समूहमा विभाजित ट्रफीमा चारचार टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश छन् भने समूह ‘बी’मा दक्षिण अफ्रिका, अफगानिस्तान, इंग्ल्यान्ड र अस्ट्रेलिया छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स ट्रफी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।