Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलको १८औं संस्करण २२ मार्चदेखि हुँदै

आइपिएलको १८औं संस्करण २२ मार्चदेखि हुँदै

images
  • आइपिएलको १८औं संस्करण २२ मार्चदेखि हुँदै
    images
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आगामी मार्चबाट सुरु हुँदैछ । २२ मार्चमा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन कोलकाता नाइट राइडर्सले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ । इडेन गार्डेनमै प्रतियोगिताको फाइनल समेत हुनेछ ।
    क्रिकबजका अनुसार आइपिएलको पूरा सेड्युल १,२ दिनमा रिलिज गर्ने तयारी छ । कोलकाताले २०२४ मा सनराइजर्स हैदराबादलाई हराएर उपाधि जितेको थियो। हैदराबादमा यो पटक प्लेअफमा दुई खेल हुनेछन् ।

    images
    images
    images


    १७औं सिजनको उपविजेता बनेको हैदराबादले पनि आफ्नो आइपिएलको सुरुवात घरेलु मैदानबाटै गर्नेछ । २३ मार्चमा उसको सामना राजस्थान रोयल्ससँग हुनेछ । दुवै टिम अघिल्लो संस्करणमा क्वालिफायर २ मा भिडेका थिए । हैदराबादले रोयल्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।
    यो पटक बैगलोर आफ्नो नयाँ कप्तानका साथ मैदानमा उत्रिँदै छ ।

    images
    images
    images

    बैंगलोरले मध्यप्रदेशका रजत पाटीदारलाई १८औं सिजनको लागि कप्तान बनाएको छ । कोलकाता पनि यो पटक नयाँ कप्तानका साथ आइपिएल खेल्दैछ । गत संस्करणका कप्तान श्रेयस अय्यर यो पटक पञ्जाबबाट खेल्ने भएसँगै कोलकाताले पनि नयाँ कप्तान चुन्नेछ ।

    images
    images
    images


    १० टिमको सहभागिता रहने प्रतियोगिता होम ग्राउन्ड बाहेक गुवाहाटी र धर्मशाला गरी १२ स्थानमा हुनेछ । आइपिएल इतिहासमा सर्वाधिक धेरै पटक च्याम्पियन चेन्नइ र मुम्बइ हुन् उनीहरुले समान ५–५ पटक उपाधि जितेका छन् । आइपिएलको पहिलो संस्करण सन् २००८ मा भएको थियो । जसमा ८ टिम सहभागि थिए । सन् २०२२ देखि प्रतियोगितामा १० टिम सामेल गरिएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • # १८औं संस्करण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।