Logo

२०८३, आश्विन २४गते


images
images

एमाले केन्द्रीय कमिटीबाट रावल, पाण्डे र तिम्सेनालाई गरिएको कारबाही अनुमोदन

एमाले केन्द्रीय कमिटीबाट रावल, पाण्डे र तिम्सेनालाई गरिएको कारबाही अनुमोदन

images
  • एमाले केन्द्रीय कमिटीबाट रावल, पाण्डे र तिम्सेनालाई गरिएको कारबाही अनुमोदन
    images
    images

    काठमाडौं । नेकपा एमालेको पछिल्लो १० महिनामा पार्टी पोलिटब्यूरो र केन्द्रीय सचिवालयबाट भएका निर्णयहरू केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।

    images
    images
    images

    आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले निर्णयहरू अनुमोदनका लागि प्रस्ताव गरेका थिए । ती निर्णयहरू अनुमोदन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    images
    images
    images

    ‘पछिल्लो दश महिनाको अवधिमा पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो । र ती निर्णयहरू अनुमोदन भइसकेको छ,’ गौतमले भने ।

    images
    images
    images

    उनका अनुसार केन्द्रीय कमिटीमा मनोनयन भएका, बिदा भएका, अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ ।

    जसमा पछिल्लो पटक कारबाहीमा परेका तीन नेताहरूको निर्णय पनि अनुमोदन भएको हो ।

    एमालेले पछिल्लो पटक पूर्वउपाध्यक्ष समेत रहेका नेता डा. भीम रावललाई निष्कासन गर्ने निर्णय गरेको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

    त्यस्तै, आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले केन्द्रीय कमिटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।