Logo

२०८३, श्रावण २७गते


images
images

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

images
  • ‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’
    images
    images

    राजेश पराजुली,दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले पुँजीगत लगानी गर्न नसक्ने अवस्था आउने र सेवा विस्तार, सुधार र ग्राहकहरुलाई गुणस्तरमा पनि प्रभाव पार्न सक्ने कम्पनीहरु बताउँछन् ।

    images
    images
    images

    “टेलिकम कम्पनीहरुको आम्दानी घटिरहेको छ, सरकारलाई बुझाउने राजश्वमा गिरावट छ । फाइभजीका लागि दुई दूरसञ्चार कम्पनीले अबको २–३ वर्षमा झण्डै ६० अर्ब लगानी गर्न पर्छ र त्यो गर्न सकिने अवस्था अहिले देखिएको छैन । केही सुधार गरेनौ भने यो इन्डष्ट्री कोलाप्स हुन्छ,” एनसेलका नियामक निकाय मामिला प्रमुख विशालमणि उपाध्यायले भने ।

    images
    images
    images

    २०१६/१७ मा दूरसञ्चार कम्पनीहरुको आय रु ९७ अर्ब रहेको थियो र यो २०२२/२३ सम्म आउँदारु ७३ मा झरेको छ भने करपछिको नाफा ३० प्रतिशतबाट ८ प्रतिशतमा झरेको छ र यसको कारणले गर्दा पुँजीगत लगानी पनि मात्र रु ११ अर्बमा सिमित रहन गएको छ । ६ वर्ष पहिलासम्म कम्पनीहरुले वार्षिक रु १९ अर्बसम्म पुँजीगत लगानी गर्दथे ।

    उपाध्यायले बत्ति, खानेपानी, बिजुली जस्तै गरि मोबाइल सेवामा पनि कमिटमेन्ट मोडल अर्थात सेवा लिनका लागि न्युनमत फिक्स्ड फि कन्सेप्टमा जानुको विकल्प नरहेको बताए । “भारतमा २०१८ मा ल्याइएको कमिटमेन्ट मोडलले गर्दा ११२ प्रतिशतले आम्दानी वृद्धि भएको छ । नेपालमा निरन्तर घटिरेको छ । यही मोडलमा जाँदा नेपाली ग्राहकलाई भ्वाइसमा सेवा अधिकतम ७ गुना र डेटा ८० गुनासम्म सस्तो पर्छ भने अर्कोतिर यो क्षेत्रमा पनि सुधार हुन्छ, ” उनले भने ।

    कार्यक्रममा बोल्दै नेपाल टेलिकमका निर्देशक इन्द्रलाल यादवले व्यावसायिक हिसाबले बजार नभएका, ग्रामिण तथा विकटमा सेवा विस्तारबाट आय नहुने भएकाले त्यस्ता स्थानहरुमा सेवा विस्तारका लागि सरकारले सोच्न पर्ने बताए । “विकट स्थानहरुमा सेवा विस्तारका लागि ग्रामिण दूरसञ्चार विकास कोषको स्रोतको परिचालन गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्न चाहन्छु,” उनले भने ।

    त्यसैगरी इन्टनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले प्रतिस्पर्धाले गर्दा इन्टरनेट धेरै सस्तो भइसकेको र अब अधिक प्रतिस्पर्धा, कर, कम आय जस्ता कारणले गर्दा कम्पनीहरुले नाफा कमाउन नसके विस्तारै कम्पनीहरु डुब्ने बताए । उनका अनुसार देशको ४४ प्रतिशत घरधुरीमा फिक्स्ट इन्टरनेट सेवा पुगेको छ जुन छिमेही मुलुकहरु जस्तै भारत, बंगलादेश जस्ता बजारको तुलनामा अत्यधिक बढि हो ।

    सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राथिकरणका अध्यक्ष भुपेन्द्र भन्डारीले दूरसञ्चार क्षेत्रलाई दिगो बनाउनका लागि प्राधिकरणले आवश्यक अध्ययन र पहल गर्ने बताए । “अध्याधिक प्रतिस्पर्धाले गर्दा आम्दानी घटेको छ ।सरकारले ४८ प्रतिशत देखि ५३ प्रतिशतसम्म कर तथा शुल्कहरु संकलन गर्दै आएको र अब थप स्थानिय तहबाट पनि कर लगाईयो भने यो क्षेत्र कोलाप्स हुन्छ,” उनले भने । उनले ग्रामिण दूरसञ्चार विकास कोषको स्रोत परिचालनबाट जिल्ला सदरमुकामहरु जोड्ने कामको भौतिक प्रगति राम्रो भएको र यसले डिजिटल डिभाइड कम गर्न योगदान गर्ने बताए ।

    कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो । उपभोक्ता शिक्षामा जोड दिन पर्ने, धेरै पुरानो भइसकेको दूरसञ्चार कानुनलाई समय सापेक्ष रुपमा संसोधन गर्नपर्ने, राजमार्गहरुमा निर्वाध रुपमा गुणस्तरिय सेवा संचालन हुनपर्ने, फोरजी घरघरमा पुग्न पर्ने, फाइबर विछ्याउनका लागि युटिलिटी कोरिडोरमा काम गर्नपर्ने, सेवा विस्तार तथा सुधारमा सहजिकरण हुन पर्ने, डिजिटल नेपालका कार्यक्रम गर्न मन्त्रालयहरुबीच समन्वय हुनपर्ने, इगभर्नेन्स र डिजिटलाइजेसनलगायतका विषयमा सो कार्यक्रममा छलफल भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दूरसञ्चार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।