Logo

२०८३, कार्तिक २७गते


images
images

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

images
  • संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख
    फाइल फोटो
    images

    काठमाडौं  । सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हासिल गर्न अगाडि बढिरहेको  बताएका छन् ।

    images
    images
    images

    नेपाल प्रशासनिक  प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास विषयक’ समारोहको उद्घाटन गर्दै सभामुख घिमिरेले दिगो विकास साझा उद्देश्यका प्राप्ति तीनै तहको सरकार सबै क्षेत्र,लिंग,भाषा धर्म,संस्कृति अल्पसङ्ख्यक समुदाय समेटेर अगाडि बढिरहेको बताएका हुन् ।

    images
    images
    images

    सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएको केही मत भिन्नतालाई आगामी दिनमा संरचनागत,प्रक्रियागत र नीतिगत व्यवस्थामा सुधार गर्ने बताए ।

    images
    images

    सङ्घीयता घोषणा भएको १० वर्ष पुग्नै लाग्दा आयोजना भएका यस्ता सम्मेलनले नेपालको सङ्घीयता कार्यान्वयनमा सुधार गरी अग्रगामी रणनीतिहरू तय गर्न थप सहयोग पुग्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे । संविधानलाई जीवन्त र समय सापेक्ष बनाइराख्न कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

    कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले सङ्घीयता लागु भएसँगै न्यायपालिको न्यायिक शक्ति पनि राज्यका तीनै तहमा बाँडफाँट भएको बताए । सङ्घीयताले समावेशितालाई राज्यका स्रोत साधन र पहुँचलाई तीन तहको सरकार पुन वितरणको प्रक्रियामा लान सहयोग पुगेको उनले धारणा व्यक्त गरे।

    उनले सङ्घीयतामा समावेशिताको सकारात्मक पाटोले अहम् भूमिका खेलेको भन्दै राज्यका तीनै संरचना एकताबद्ध हुनुपर्ने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख देवराज घिमिरे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।