Logo

२०८३, श्रावण २७गते


images
images

देवदह ९ चैत मसान्तसम्म बालमैत्री वडा घोषणा हुने

देवदह ९ चैत मसान्तसम्म बालमैत्री वडा घोषणा हुने

images
  • देवदह ९ चैत मसान्तसम्म बालमैत्री वडा घोषणा हुने
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ९ लाई चैत मसान्तसम्म बालमैत्री वडा घोषणा गरिने भएको छ । सोही लक्ष्यलाई भेट्टाउन मंसीर १३ र १४ गते वडाले आवधिक लगानी योजना तयारी कार्यशाला सम्पन्न गरेको छ । 

    images
    images
    images

    आवधिक लगानी योजना अन्तर्गत आगामी ५ बर्षमा विभिन्न शिर्षकमा ५१ लाख ४९ हजार रुपैंया खर्च गरिने जनाईएको छ । बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत सुचक गरि ५ वटा शिर्षकमा रहेर उक्त रकम खर्च गरिने वडा सचिब कमला टण्डनले जानकारी दिईन् । सचिब डण्डनका अनुसार चालु आर्थिक बर्षबाट सुरु भएर आगामी ५ बर्षसम्म समान रुपले १० लाख २९ हजार आठ सय रुपैंया उक्त कार्यक्रमका लागि खर्च गरिनेछ ।  

    images
    images
    images

    वडा अध्यक्ष मोहनबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सदस्यहरु, वडा भित्र रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, देवदह प्रहरी चौकीका प्रमुख, वडा भित्र रहेका विद्यालयका प्रअ, टोलविकास संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेवीका, बाल सञ्जालका प्रनितिधि लगाएत स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा बालमैत्री स्थानीय शासन परामर्शदाता शर्मीला पौडेलले प्रशिक्षण दिएकी थिईन् । 

    images
    images
    images

    गत असारबाट सुरु बाल मैत्री वडा घोषणा तयारी अन्तर्गत वडा बाल प्रोफाईल निर्माण भैसकेको र कुल ५१ वटा सूचक मध्ये २८ वटा सूचक वडाले पुरा गरिसकेको सचिब डण्डनले जानकारी दिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वडा घोषणा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।