Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध चितवनमा जाहेरी

रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध चितवनमा जाहेरी

images
  • रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध चितवनमा जाहेरी
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा जाहेरी परेको छ । साहरा चितवन सहकारी ठगी प्रकरणमा एवं पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सहित १० जना विरुद्ध जाहेरी परेको चितवन प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन् ।गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार गएको देखिएको छ । गोरखा मिडियाका पूर्व सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् ।

    images
    images
    images

    प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । लामिछाने र जोशी विरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।