Logo

२०८३, आश्विन १०गते


images
images

एसएस फाउण्डेसनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान

एसएस फाउण्डेसनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान

images
  • एसएस फाउण्डेसनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्कीलाई एसएस फाउण्डेसनले एक लाख नगद पुरस्कारसहित सम्मान गरेकाे छ।

    images
    images
    images

    फाउण्डेसनले शुक्रवार काठमाडौँमा एक कार्यक्रम गर्दै कार्कीलाई नगदसहित सम्मान गरेको हो। फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे। 

    images
    images
    images

    गत बुधवार मात्र सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्‍याउन अमिशाको महत्वपूर्ण भूमिका थियो। उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन्।

    images
    images
    images

    सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने उनकाे भनाइ छ।

    फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पूर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।