देवदह । रुपन्देहीको देवदहमा अभिभावक र सिभिल लिडरद्धारा संयुक्त वकालत कार्यक्रममा सम्पन्न भएको छ ।
सोर्ईया महिला स्वावलम्बी संस्थाको आयोजनामा शुरु भएको कार्यक्रममा देवहदमा रहेका ४ वटा सामुदायिक विद्यालयका अभिभावक, बाल क्लबका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुको सहभागिता रहेको छ ।
विद्यालयको दैनिक शिक्षणमा भएका समस्याहरु र समुदायमा भएका शैक्षिक सवालहरुमा छलफल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताइन ।
विद्यालय सुधार योजनामा छलफल गरी समग्र शिक्षा सम्बन्धि समस्याहरुलाई सुधार गर्नका निम्ति पहल गर्ने र पिछडिएका समुदायलाई शिक्षाको पहुंचमा ल्याउने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
देवदहमा रहेका १३ वटा सामुदायिक विद्यालयमा वार्षिक कार्यतालिका बनाएर संस्थाले कार्यक्रम संचालन गरिरहेको छ ।
युएसआईडि र एसिया फाउण्डेशन, स्टयाण्डको साझेदारीमा सम्पन्न कार्यक्रमको सहजीकरण परियोजना कोर्डिनेटर शम्भुप्रसाद हरिजनले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology