Logo

२०८३, श्रावण २७गते


images
images

तिलोत्तमामा उद्घोषण तालिम

तिलोत्तमामा उद्घोषण तालिम

images
  • तिलोत्तमामा उद्घोषण तालिम
    images
    images

    बुटवल । नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं ६ इकाइ समितिद्वारा सञ्चालित उद्घोषण तथा नेतृत्व विकास तालिमको एक समारोहका बीच समापन गरिएको छ ।

    images
    images
    images

    स्थानीय युवा तथा महिलाहरुको बोल्ने सीप अभिवृद्धि गर्ने उदेशयले नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं ६ इकाई समितिद्वारा एक हप्तासम्म सञ्चालन गरिएको तालिमको सोमबार समापन गरिएको हो ।

    images
    images
    images

    संघका अध्यक्ष रण बहादुर सलामी मगरको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष प्रेम थापा मगर, नेपाल मगर संघ तिलोत्तमा नगर समिति अध्यक्ष लिलमाया रानामगर, समितिका वरिष्ठ सल्लाहकार छत्र दर्लामी मगर, नेपाल मगर महिला संघ तिलोत्तमा नगर समितिका अध्यक्ष राधिका श्रीस मगर, प्रशिक्षक सनु थापामगर, नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं ६ इकाइ समितिका उपाध्यक्ष तारा थापामगर, सचिव तेजु काला मगर, तालिमका प्रशिक्षार्थीहरु निर्मला रानामगर, सरस्वती देवकोटा थापा, मिना काउचामगर, लक्ष्मी रजालीमगर, रेजिना थापामगर, निस्मा थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता तालिमहरुले व्यक्तित्व विकास, सदाचार प्रवद्र्धन र असल नेतृत्वको विकास गर्ने बताए । युवाहरु विदेश पलायन भइरहँदा युवाहरुलाई नेतृत्व सीप विकासले आत्मविश्वासका साथ देशमै कुनै पनि पेशा र व्यवसाय गरेर सफलता हाँसिल गर्न मदत मिल्ने उनिहरुको भनाई थियो ।

    संघले आफ्नै श्रोतमा सञ्चालन गरेको तालिममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेको थिए । साथै सोही अवसरमा नेपाल मगर महिला संघ तिलोत्तमा नगर वडा नं ६ इकाई समिति गठन गरिएको छ । समितिको अध्यक्षमा देउमाया छन्त्याल थापामगर, उपाध्यक्षमा खिमा रानामगर, सचिव मिना काउचामगर, कोषाध्यक्षमा उमी दर्लामी मगर र सहसचिवमा निस्मा थापामगर चयन भएका छन ।

    त्यस्तै सदस्यहरुमा  सरस्वती देवकोटा थापामगर,  सावित्रा थापामगर, कृष्णमाया पुनमगर, शशी सारुमगर, मनिका श्रीसमगर, आस्था रजालीमगर, नविना थापामगर, रेजिना थापामगर, दुर्गा पुनमगर, र गंगा पुनमगर रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्घोषण तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।